नेफ्टा अध्यक्ष लामालाई मातृशोक

फिल्म । नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामालाई मातृ शोक परेको छ । काठमाडौँस्थित वीर हस्पिटलमा पित्त थैलीको क्यान्सरकै क्रममा आइतबार विहान १ बजेटर ५ मिनेटमा उहाँको आमा लक्ष्मीमाया बम्जनको निधन भएको हो ।

उहाँको पार्थिव शरीरलाई विहान ८ देखि १० बजेसम्म अन्तिम श्रद्धाञ्जलीको लागि वीर हस्पिटलमै राखिने र त्यसपछि ‘लामा संस्कार’ अनुसार इन्द्रोसरोवर (कुलेखानी) मा अन्तेष्टी गरिने निर्देशक दिनेश डिसीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्