फिल्म । महाशिवरात्रिको अवसर पारेर आजदेखि एकसाथ तीन नेपाली फिल्म ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ को प्रदर्शन सुरू गरिएको छ ।विदा रहेकाले तीनै फिल्मले दर्शकको साथ पाउने र त्यसको प्रभाव व्यापारमा देखिने वितरक तथा प्रदर्शकले अनुमान गरेका छन् । ‘लाज शरणम्’ लाई हास्य टेलीशृङ्खला ‘सक्किगोनी’ का समूहले निर्माण गरेका हुन् । कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय रहेको छ ।
आजदेखि नै प्रदर्शन भएको फिल्म ‘फेरि रेशम फिलिली’ मा युवापुस्तामा बढो विदेश मोहलाई व्यङ्ग्य गरिएको छ । लेखक तथा निर्देशक निरोज महर्जनले मनोरञ्जनात्मक शैलीमा गम्भीर विषयलाई प्रस्तुत गरिएको जानकारी दिए । यसमा अभिनेता विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन् ।
आजदेखि नै प्रदर्शन भएको तेस्रो फिल्म ‘मायावी’ लाई दीवाकर भट्टराईले निर्देशन गर्नुभएको छ । प्रेम कथामा तयार भएको यस फिल्ममा अभिनेता पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव अभिनेता समीम खान लगायतका कलाकारले अभिनय गरेका छन् ।
निर्देशक भट्टराईले ‘मायावी’ बनिरहेका नियमित भन्दा फरक प्रेम कथामा तयार भएको बताए । विदालाई लक्षित गर्दै एकसाथ प्रदर्शन भएको तीन फिल्म सुरुआती व्यापार राम्रो गरेको छ ।