फिल्म । अभिनेता विजय बरालले सफलतालाई सन्तुलित रुपमा उपयोग गर्न सक्नुपर्ने बताएका छन् । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ व्यसायिक रुपमा ऐतिहासिक सफल भएपछि पनि आफू सामान्य अवस्थामा रहेको उनले बताएका छन् ।
उनले भने,‘सफलताले मान्छेलाई थोरै डगमगाउन खोज्छ तर म ठिक ठाउँमा आइसकेको छु । मैले नाटक गरिसकें, केही फिल्मको स्क्रीप्ट सुनिरहेको छु, अनुबन्धित रहिरहेको छु, म सामान्य भईसकेको । मैले चाहेको खोजेको सायद यहि थियो होला, पाएको सफलतालाई आगामी यात्रामा प्रयोग गर्छु ।’
अभिनेता बरालले आफूले गर्ने कामले सफलतालाई अगाडि बढाउनेमा जोड दिए । नाट्यकर्मीका रुपमा परिचित अभिनेता बरालले स-साना र सहायक भूमिकामा आफूलाई प्रस्तुत गर्न पाएका थिए । यद्यपि ‘पूर्णबहादुरको सारङ्गी’ पश्चात उनी लिड रोलमै अनुबन्धित भइरहेका छन् ।
कमेन्ट गर्नुहोस्