आजदेखि सुरू हुँदैछ ‘सिङ्गिङ स्टार नेपाल’

सङ्गीत । गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आजदेखि सुरू हुने भएको छ । आज माघ १२ गतेदेखि प्रत्येक हप्ताको शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ ।

नेपालकै मौलिकतालाई प्रवर्द्धन गर्ने उदेश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन् । यसको निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुङ्गाना, र नभराज चौलागाईं छन् । कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन् ।

‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली सङगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायक र गायिका खोज्ने रहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्