सिक्वेलमा श्रद्धा

फिल्म । यसै वर्षको फेब्रुअरीमा प्रदर्शन भएको फिल्म ‘मलंग’ ले राम्रो व्यापार गर्न सकेन । थ्रिलर फिल्मलाई त्यति धेरै सफलता नमिलेता पनि यसको सिक्वेल बन्ने भएको छ । निर्देशक मोहित सुरीले यसको सिक्वेल बन्ने घोषणा गरिसकेका छन् । साथै , सिक्वेलमा श्रद्धा कपूरको अभिनय रहनेछ । निर्देशक सुरीले श्रद्धासँग एक भिलेन , हाफ गर्लफ्रेन्ड , आशिकी २ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

मोहितले ‘मलंग’ कै लागि पनि श्रद्धालाई अफर गरेका थिए । तर , डेट नमिलेको कारण सहकार्य हुन् सकेन । यद्दपी श्रद्धाले फिल्मको लागि भ्वाइस ओभर गरिन् । क्लाइमेक्समा सुनिने श्रद्धाको आवाजसँगै सिक्वेलमा उनको इन्ट्री हुने बताईएको छ । फिल्मको स्क्रिप्ट लगभग पुरा भएको निर्देशक सुरीले एक अनलाइनलाई अन्तर्वार्ता दिएका छन् । प्राय फिल्मको सिक्वेल बनाउन माहिर मानिने निर्देशक सुरीले श्रद्धासँगै फिल्ममा को को हुने बारे बताएका छैनन् । उनले श्रद्धालाई कन्सेप्ट सुनाइसकेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्