फिल्म । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) को निर्माणमा नयाँ फिल्म ‘कंगारु’ घोषणा गरिएको छ । सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्न लागेको फिल्मको निर्देशन सम्राट बस्नेतले गर्नेछन् ।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्ले आस्याप इन्टरटेन्मेन्टसँग सहकार्य गरेर निर्माण गर्न लागेको फिल्मको निर्मातामा प्रेम थापा र धन बहादुर गुरुङ छन् । टिका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ ।
लक्ष्मी ज्वेलर्स (यूके)ले पनि निर्माणमा सहकार्य गरेको फिल्ममा सिमा गुरुङको कथा लेखन र महेश दवाडीको पटकथा लेखन छ । आगामी फागुनदेखि छायांकन सुरु हुने फिल्मका लागि कलाकार भने निश्चित भैसकेका छैनन् । केही कलाकारसँग भने छलफल चलिरहेको निर्देशक बस्नेतले बताए । यसपटक दर्शकले केही फरक स्वाद पाउने र फिल्मको कथा पृथक रहेको उनको दाबी छ ।










