फिल्म । ‘हैदर’,’कमिने’, ‘कबिर सिंह’ मार्फत आफ्नो अभिनय क्षमता दर्शाएका भारतीय अभिनेता शाहिद कपुर अभिनित नयाँ फिल्म ‘देवा’ आउँदो हप्ता अर्थात् माघ १८ गते प्रदर्शन हुँदैछ । फिल्ममा उनले रिसाहा पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् ।
‘कबिर सिंह’ पछि आएको फिल्म ‘जर्सी’ मार्फत दर्शकको माया नपाएका शाहिदले साउथ इन्डियन फिल्म रीमेकलाई नै निरन्तरता दिएका छन् । यसपटक उनले आफू सुहाउँदो भूमिकामा रोजेका छन् । रिसाहासँगै उनलाई द्वन्द्व गरेको दर्शकले देख्न पाउनेछन् । यसकारण यो फिल्मबाट उनका फ्यानले धेरै ठूलो अपेक्षा लिएका छन् ।
उनको ‘कबिर सिंह’ कै लेभलको प्रस्तुती भनिएको फिल्मलाई रोशन एन्ड्रिउले निर्देशन गरेका छन् । फिल्ममा शाहिदसँगै पुजा हेग्डे मुख्य भूमिकामा छिन् । यो फिल्म रहस्यमयी पुलिस अफिसरको कथामा केन्द्रीत छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्