एवेन्जर्सको नयाँ सिरिज ‘इण्ड गेम’ (ट्रेलर रिलिज)

फिल्म । हलिउडको लोकप्रिय फिल्म एवेन्जर्सको नयाँ सिरिज ‘इण्ड गेम’ आउदो अप्रिल २६ मा रिलिज हुने भएको छ । निर्माण कम्पनि मर्भालले ट्रेलर सार्वजनिक गर्दै फिल्मको डेट र टाइटल घोषणा गरेको हो । एवेन्जर्सको चौथो सिरिजको रुपमा रहेको ‘इण्ड गेम’मा अन्तिम पटक क्याप्टेन अमेरिका अर्थात् क्रिस इवान्स देखिदैछन् । यसैले गर्दा पनि यस सिरिजल़िया हेरिरहेका फ्यानको लागि यो दिलम खास छ ।

फिल्मको सार्वजनिक ट्रेलरलाई फ्यानले निकै रुचाएका छन् । युट्युबमा अपलोड भएको केहि समयमा नै यसले राम्रो भ्युज पाइरहेको छ । फिल्ममा रोबर्ट डाउनी जुनियर , क्रिस ह्याम्सवर्थ , मार्क रुफ्यालो , एस्कार्लेट जोन्सन , क्रिस प्राट , जोश ब्रोलिन , टम होलाण्ड , बेन्डिक्ट लगायतको अभिनय रहेको छ । धेरै सुपरहिरोहरु एकै फिल्ममा भएको कारणले पनि यसको क्रेज दर्शक माँझ बढ्दो छ । फिल्मलाई एन्थोनी र जो रस्सोले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्