फिल्म । आजदेखि प्रदर्शनमा आएको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ ले गत बुधवार प्रिमियर गरेको थियो । सर्वजनिक प्रदर्शन अगाडि फिल्म हेर्न पुगेका सेलेब्सले यसको तारिफ गरे । नयाँ शैलीको फिल्म भएता पनि कुन विधाको भन्ने निर्क्यौल भने कसैले निकाल्न सकेनन् । यद्यपि निर्देशक दीपेन्द्र गौचनको निर्देशकीय शैली, कलाकारद्वय नाजिर हुसेन र सृष्टी श्रेष्ठको अभिनयको तारिफ अधिकाँस सेलेब्सले गरे ।
निर्देशक निश्चल बस्नेतले आफूले प्रतीक्षा गरेको निर्देशक दीपेन्द्र गौचनको फिल्म ठूलो पर्दामा हेर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘फिल्म हेरिरहेका भन्दा फरक छ । एउटा नयाँ पन र शैलीको फिल्म छ । निर्देशकले चाहेको फिल्म बनाउनु भएको छ ।’
अभिनेत्री स्वस्तिमा खड्काले धेरैपछि एउटा फ्रेस फिल्म हेर्न पाएको बताइन । उनले भनिन्,‘यो फिल्मको सुन्दरता भनेकै निर्देशकको काम हो । फिल्मकर्मीले महसुस गर्ने कुनै दबाब देखिन्न ढुक्क र निर्धक्क भएर यो फिल्म तयार भएको छ ।’
अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको फिल्म हेर्न एकदमै मनपर्ने बताइन् । ‘स्लोपेसमा डिटेल्समा बनाइएका चिज राम्रो लाग्छ । मैले अभिनय गर्न खोजेको जस्तो फिल्म बनेको छ । यो एउटा आनन्दीय अनुभूति हो’, उनले भनिन् ।
निर्देशक प्रदीप भट्टराईले निर्देशक गौचनबाट रेगुलर फिल्मको अपेक्षा नभइरहेको अवस्थामा उनले फरक तरिकाले कथा भनेको बताए । उनले भने,‘निर्देशक गौचनले गर्नुभएको पछिल्ला कामले पनि उहाँलाई अन्य भन्दा फरक देखाएको छ । यो फिल्म नयाँ पन खोज्नेका लागि हो ।’
निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो फिल्मलाई सहयोग गर्नुपर्ने बताए । विषयवस्तु र पर्यटकीय हिसाबले फिल्म राम्रो रहेको उनले खुलाए । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।