‘स्पाइडरम्यान’ जोडीले गरे इन्गेजमेन्ट

एजेन्सी । हलिउड प्रसिद्ध फिल्म ‘स्पाइडर म्यान’का को–स्टारद्वय टम हल्यान्ड र जेन्डेयाले इन्गेजमेन्ट गरेका छन् । सोमबार दुवैले आफूहरूले इन्गेजमेन्ट गरेको खबरको पुष्टि गरेका हुन् । गोल्डन ग्लोब्सको रेड कार्पेटमा जेन्डेयाले हिराको ठुलो औँठी लगाएर आएकी थिइन् । अभिनेत्रीको औँलामा उक्त औँठी देखेपछि फ्यानहरूमाझ उनले इन्गेजमेन्ट गरेको अफवाह चर्किएको थियो । लगत्तै एक दिनपछि यो खबरको पुष्टि भएको हो ।

ती तस्बिर र भिडियोमा अभिनेत्रीले अभिनेता हल्यान्डसँग सुटुक्क इन्गेजमेन्ट गरेको कमेन्टहरू आएका थिए । हल्यान्ड र जेन्डेयाको भेट सन् २०१६ मा ‘स्पाइडर म्यानः होमकमिङ’को सेटमा भएको थियो ।

कमेन्ट गर्नुहोस्