निर्देशकले दुखाएका हुन् त दयाको मन ?

फिल्म । अभिनेता दयाहाङ राईको अभिनय रहेको भनि प्रचार गरिएको फिल्म ‘कार्साङ्ग’ प्रचार सामग्री सार्वजनिक भएता पनि यसले दर्शकको ध्यान तान्न सकेको छैन । दया आफैँ सामाजिक सञ्जालमा हङकङमा प्रदर्शनरत फिल्म ‘गाउँ आएको बाटो’ को प्रचारमा बढी सक्रिय छन् । शेर्पा समुदायको कथा भनिएको फिल्मको टिजरमा समावेश द्धिअर्थी संवाद प्रति दर्शकको आकर्षण नभएपछि निर्माण पक्ष नयाँ उपाय खोजि गर्दै हालै एक गीतको छायांकन गरेको छ ।

हालै छायांकन गरिएको एक गीतका क्रममा दया मिडियामा आएर फिल्मको विषयमा प्रतिक्रिया दिएका छन् । यद्यपि अन्य फिल्मको तुलनामा उनको सक्रियता कम देखिएको छ । विशेष गरी निर्देशक यम शेर्पाले प्रचार समाग्रीमा दयाको अर्धनग्न दृश्यलाई समावेश गरेका छन् । बुझिए अनुसार दयाले उक्त दृश्यलाई पोस्टर र सार्वजनिक प्रचार सामग्रीमा नराख्न निर्देशकलाई आग्रह गरेका थिए । किनकि दया उक्त दृश्यलाई कथा र विषयवस्तु अनुसार दर्शकले हलमा हेरुन र रिलेट गरुन भन्ने चाहन्थे । यद्यपि निर्देशक शेर्पाले उक्त दृश्यलाई नै बढी प्रचार गरेपछि दयाले फिल्मको गतिविधिमा सक्रियता घटाएको बुझिएको छ । तर, यस विषयमा दयाले केही प्रतिक्रिया दिन चाहेनन् ।

कमेन्ट गर्नुहोस्