‘अस्ती भन्दा’ मा सम्राट

सङ्गीत । दीपक शर्माको संगीतमा नयाँ गीत ‘अस्ती भन्दा’ युट्युवमा सार्वजनिक भएको छ । सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गीतले समयसँगै मान्छे कसरी बदलिन बाध्य हुन्छ भन्ने कुरा भन्छ ।

गीतमा ‘नेपाल आइडल’ सिजन ५ का विजेता करण परियारको आवाज र सुमन दाहालका हृदयस्पर्शी शब्द छन् । दाहालकै निर्देशन रहेको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको छ ।

भिडियोमा सम्राट दाहालको अभिनय छ । किशोरावस्थाका सम्राटले अभिनय करिअरलाई अघि बढाउने छनक यस भिडियोमा दिएका छन् । उनले यसअघि पनि केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । पवन गौतम र चाल्र्स मोरल्याण्ड तृतीयले भिडियो छायांकन गरेका हुन् । भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्