एनकेएलको आधिकारिक लोगो सार्वजनिक

देश । नेपाली कबड्डीको फ्रेन्चाइज लिग ‘नेपाल कबड्डी लिग (एनकेएल)’ को आधिकारिक लोगो सार्वजनिक भएको छ । लिगका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष हमित बेगानीले नेपाल कबड्डी लिग खेल मात्र नभएर सारा युवाको सपना रहेको र नेपाली कबड्डीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य रहेको बताए ।

एनकेएलको पहिलो संस्करणमा सहभागी हुने नेपालको ६ सहरको नाम समेत सार्वजनिक भएको छ । पहिलो संस्करणको लिगमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल शहरको टिमले सहभागिता जनाउनेछन् ।

पुरुष कबड्डी लिगका लागि अखिल नेपाल कबड्डी संघले एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गत वर्ष नै गरिसकेको छ । महिला कबड्डी लिगका लागि पनि एस्ट्रोनिक्ससँग सम्झौता गरेको संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्