जापानी प्रधानमन्त्रीले दिए राजीनामा

Photo : Reuters

विदेश । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वास्थ्यमा समस्या देखिएका कारण राजीनामा दिएको बताएका छन् । लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएका आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएको जापानी सरकारी सञ्‍जारमाध्यम एनएचकेले जानेको छ ।

पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएकोले आबेले राजनीनामा दिने मनसाय बनाएर पत्रकार सम्मेलन गर्दै पद त्यागेको बताइएको छ । आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनु परेकोमा उनले जापानी नागरिकसमक्ष माफी मागेका छन् ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिनेछ । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्