एक वर्षभित्र तीनै तहको निर्वाचन हुनेछ

देश । गठबन्धन सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचन तयारी अगाडि बढाइएको बताएका छन् । प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताएका छन् ।

सम्बोधन गर्दै देउवाले भने ,’एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु ।’ साथै , उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए ।

कमेन्ट गर्नुहोस्