‘नरसिंहाः अवतार’ जोडिए प्रशान्त

फिल्म । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरु अनुबन्धित हुने क्रम जारी छ । निर्देशक दिवाकर भट्टराईले निर्देशनमा तयार हुने फिल्ममा पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् । यही क्रममा यसमा प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो ।

निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यसअघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जनाकारी गराए ।

यस अघि यो फिल्ममा अभिनेता राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भएका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौको अन्तिम साता बाट छायाङ्कनमा जाने तयारीमा रहेको छ ।

कमेन्ट गर्नुहोस्