
फिल्म । यसवर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ५’को छायांकन ५१ दिनमा सकिएको छ । फिल्मका कार्यकारी निर्माता निर्मल शर्माले अब पोस्ट प्रोडक्सनको कार्यमा जुट्ने जानकारी दिए । ‘हाम्रो निर्धारित सेड्युल अनुसार नै काम सकिएको छ । अब हामीले पोस्ट प्रोडक्सन अन्तर्गत सम्पादनको काम थाल्ने छौँ । गीतसँगै केही स-साना दृश्यलाई केही समयपछि खिच्ने छौँ’, उनले भने ।
फिल्मको छायांकन काभ्रे, सिन्धुली, पोखरा र काठमाडौंमा गरियो । असोजको २४ गते फूलपातिबाट रिलिजमा आउने यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । फिल्मले सामाजिक कथालाई कमेडीको शैलीबाट भन्छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्मलाई आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण गरिएको हो ।
कमेन्ट गर्नुहोस्