‘पुजार सार्की’को गीत ‘ओ..रिमै’ मा के छ ?

फिल्म । मिश्रित्त समाजमा जातीय विभेदको कथा भन्ने फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत ‘ओ…रिमै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार चित्रण गरिएको छ । यस गीतले फिल्मको कथासारलाई व्यक्त गरेको छ । मिश्रित समाजमा रहेर गरिने विभेद र त्यसको असरलाई दृश्यमार्फत निर्देशक दिनेश राउतले व्यक्त गरेका छन् ।

गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली बीच बढ्दै गरेको मायासँगै मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ । गीतमा दिनेश राउतका शब्द, सुवास भुसालको सङ्गीतमा देवेन्द्र बराल र मुना ठटालले स्वर दिएको गीत कर्णप्रिय छ ।

तीनस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेकै कारण यो फिल्म चर्चामा छ । यी तीन स्टार नै गरिरहेको अभिनय भन्दा फरक देखिएका छन् । फिल्म बुद्ध जयन्तिको अवसरमा जेठ १० गते प्रदर्शन हुँदैछ ।

प्राय रोमान्टिक जनराको फिल्ममा देखिदै आइरहेका तीनै अभिनेता यसपटक ग्रामिण भेगको पात्रमा देखिएका छन् । निर्देशक दिनेश राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । विकास सुवेदीको लेखन रहेको फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्