फ्राइडे फिल्म : ‘डिग्री माइला’ र ‘द रेट सुटकेस’ प्रदर्शनमा

फिल्म । नयाँ बर्षको छेको पारेर दुई नयाँ नेपाली फिल्महरू आजबाट हलमा प्रदर्शन सुरू गरिएको छ । आजबाट रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘डिग्री माइला’ र फिडेल देवकोटाको निर्देशनमा तयार भएको फिल्म ‘द रेट सुटकेस’ आजदेखि दर्शकले हेर्न पाउनेछन् ।

देशभरका हलमा उच्च शोसहित रिलिजमा आएको फिल्म ‘डिग्री माइला’मा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले डिग्री पढेर पनि बेरोजगार रहेको एक गफाडी युवाको कथा भन्छ । यस फिल्मले प्रिमियरमार्फत राम्रो प्रतिक्रिया बटुलेको छ । ‘कबड्डी’ शृंखला भन्दा बाहिर निस्किएर रामबाबु र दयाले गरेको यो सहकार्यको नतिजाको प्रतीक्षा सबैलाई छ ।

यस्तै, विश्वका चर्चित महोत्सवहरुमा छनोट भएको फिल्म ‘द रेड सुटेकस’मा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । यो फिल्म सिमित शो सहित प्रदर्शन भइरहेको छ ।

यस्तै, आजैबाट फिल्म ‘महाजात्रा’ चौथो हप्तामा प्रवेश गरेको छ । तीन सातामा १४ करोडको ग्रस कलेक्शन गर्दै यो फिल्मले चौथो हप्तामा पाइला राखेको हो । फिल्मले चौथो हप्तामा पनि सुखद कारोबार गर्ने अपेक्षा गरिएको छ । प्रदीप भट्टराई निर्देशित फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, राजाराम पौडेल, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्