सबै वर्गका दर्शकले हेर्न मिल्ने ‘सतीदेवी’

फिल्म । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने गरि ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास भएको फिल्मले सकारात्मक प्रतिक्रिया समेत प्राप्त गरेको छ । सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई बिषय बनाएको छ । बाबुछोरीको कथा समेत देखाएको चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए । चलचित्रले आमा छोरी र दिदिबहिनी बिचको सम्बन्धलाई देखाएको छ । २ घण्टा १५ मिनेट लामो चलचित्र हेरी सके पछि सेन्सर बोर्डका प्रतिनिधीहरु पनी भावुक बनेका थिए। एउटा पारिवारिक र सामाजीक कथामा बनेको चलचित्रले दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाउनेमा सुवेदी बिश्वस्त छन्। दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। मलिकाको मुख्य भूमिका रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारको पनि अभिनय छ।
कमेन्ट गर्नुहोस्