सङ्गीत । सुमति खड्का र अन्जु गौतमको आवाजमा रहेको गीत ‘कुटु कुटु’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमर बन्तुको शब्द र संगीत रहेको छ। सार्वजनिक गीतमा ‘छक्का पञ्जा’ सिरिज निर्देशक दिपाश्री निरौला र कलाकार बुद्धि तामाङ ‘हैट’ फिचर्ड रहेका छन्।
विक्रम चौहानको निर्देशनमा तयार भएको गीतमा दिपा र बुद्धि प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन्। रमाइलो भिडियोमा बिक्रमको नै कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । भिडियोमा अभिषेक खड्का र सजिना श्रेष्ठको पनि अभिनय रहेको छ।
कमेन्ट गर्नुहोस्








