फिल्म । प्रभास र दीपिका पादुकोनको नयाँ फिल्ममा दिशा पटानी पनि अनुबन्ध भएकी छिन् । नाग अश्विनको निर्देशन रहने ‘प्रोजेक्ट के’मा प्रभास र दीपिकासँगै निर्माण टिमले दिशा पटानीलाई पनि फाइनल गरेको हो ।
भारतमा अहिलेसम्मकै महंगो बजेटमा बन्न लागेको फिल्ममा अमिताभ बच्चन पनि रहेनेछन् । आइतबार दिशाले निर्माताले दिएको बुके र कार्ड इन्स्टामा राख्दै आफू फिल्ममा आबद्ध भएको जानकारी गराएकी थिइन् । टाइगर श्राफसँग अफेयरमा रहेको भनिएकी दिशाको यो साल ‘एक भिलेन रिटन्र्स’ र ‘योद्धा’ जस्ता फिल्म रिलिज हुँदैछन् ।
साइफाई विधाको यो फिल्म बन्नलाई लामो समय लाग्ने बताइएको छ । निर्देशकले प्रत्येक महिना जम्मा ८–१० दिन सुटिङ गर्दै रोक्दै अनि फेरि सुटिङ गर्दै यो फिल्मको काम अगाडि बढाइरहेका छन् । हरेक चोटि फरक सेटमा काम गर्नु पर्ने भएकाले ढिला भएको बलिउडका अनलाइनमा समाचार छ ।
कमेन्ट गर्नुहोस्










