स्वस्तिमालाई विपिन भन्दैछन् ‘प्रेम शरणम’

फिल्म । आगामी फूलपातीमा प्रदर्शन हुने फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भजन शैलीको ‘प्रेम शरणम’ गीतमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्काको नृत्य देख्न सकिन्छ । यसमा प्रकाश घिमिरे लगायतका कलाकारसमेत फिचर्ड छन् । प्रमोसनल गीतमा सुशील पौडेल र कृष्ण भारद्वाजको शब्द, भारद्वाजकै संगीत र कालीप्रसाद बाँस्कोटा र स्वस्तिका ढकालको स्वर रहेको छ ।

फिल्म ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । यसमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित यस फिल्मलाई स्पिनअफको रुपमा निर्माण गरिएको हो । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट तथा भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् । विदेशका अधिकाँसस्थानमा नेपालसँगै प्रदर्शन हुने सेभेन सिजका विनोद पौडेलले जानकारी दिनुभयो ।

रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले नेपालमा दर्शक र हल संचालकले फिल्मलाई प्रतीक्षा गरिरहेको बताए । उनले भने,‘यसले राम्रो सुरुआत गर्ने विश्वास हल संचालककै रहेको छ । भष्मे डनको पात्र दर्शकसँग परिचित भएकाले पनि यसबारे जिज्ञाशु रहेको पाएको छु । यसको प्रचारप्रसार हामीले कुनै कसर बाँकी राखेका छैनौँ ।’

कमेन्ट गर्नुहोस्