‘नरोउ राधा सम्झेर मलाई’ सार्वजनिक

सङ्गीत । बालकलाकारको रुपमा उदाएकी अभिनेत्री सगुन विष्टले म्युजिक भिडिओमा अभिनय गरेकी छिन् । अध्यनका कारण अभिनयबाट विश्राम लिएकी संगमले अभिनय गरेको गीतको भिडिओ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको छ । ‘नरोउ राधा सम्झेर मलाई’ बोलको कृष्ण भजनमा उनी राधाको चरित्रमा प्रस्तुत छिन् ।

विसं २०४० सालको चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’लाई कृष्ण भजनको रुपमा तयार पारिएको गीतमा हरिबहादुर राउत र कोपिला वाइबाको स्वर छ । गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन् भने प्रकाश सापकोटा र बिदुर तिमल्सिनाको शब्द रचना छ । गम्भीर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा ‘चुरिफुरी’ फेम्ड अभिनेता अभिषेक श्रेष्ठ कृष्ण बनेका छन् ।

संगमले ‘अपहरण’, ‘जय शिव शंकर’, ‘श्रीमान’, ‘वरदान’ फिल्ममा पनि बाल कलाकारको रुपमा अभिनय गरेकी छन् । गीतमा दिनेश पराजुलीको छायांकन छ भने प्रविन भट्टले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्