‘ऐंचो पैंचो’ बाट आशावादी स्वस्तिमा

फिल्म । बुलबुल, चिसो मान्छे जस्ता कलात्मक फिल्ममा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको पछिल्लो फिल्म हो ‘ऐंचो पैंचो’ । एकै किसिमको फिल्ममा देखिएको स्वस्तिमामा यसलाई पूर्ण रुपमा व्यावसायिक भन्न रुचाउछिन् । हालै सार्वजनिक गीतले पनि यसलाई प्रस्ट्याएको छ । टिजर र एक गीत सार्वजनिक भएको फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरंजन दिने स्वस्तिमाले बताइन ।

उनले भनिन्,‘यो फिल्म मेरो लागि खास छ । किनकि यसमा पूर्ण रुपमा मनोरंजन छ । म सबै विधाको फिल्म गर्न चाहन्छु ।’ उनले यसमा फिल्मी महसुश गरेको समेत बताइन ।

निर्देशक कृषा चौलागाईंले आफ्नो लगावकै कारण निर्देशन यात्रा सुरू भएको जानकारी दिईन् । ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीको रुपमा जोडिएता पनि केही वृतचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लो भन्दा पनि सम्पूर्ण समुहकै प्रयाशले सफल भएको हो’, निर्देशक कृषाले भनिन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारले अभिनय गरेकाछन् । यसमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन, सुजील कर्माचार्यको पाश्र्व सङ्गीत, रेनिश फागोको रङ्ग संयोजन, सत्यम राणको भिएफएक्स, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्