हेटौडामा रूचाईयो ‘बुलाकी’

फिल्म। शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’को बिहीबार हेटौंडामा च्यारिटी शोको आयोजना गरिएको छ । मृगौला सम्बन्धि रोगबाट पीडित रामकृष्ण चेपाङ बचाउ अभियानका लागी रकम संकलन गर्न सिनेमाको च्यारेटी गरीएको हो ।चेपाङको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला ट्रान्सप्लान्ट गर्न नसकिरहेको अवस्थामा उनको सहयोगार्थका लागी ‘बुलाकी’ च्यारेटी गरीएको रामकृष्ण चेपाङ बचाउ अभियानका संयोजक शंकर न्यौपानेले बताए । सिनेमालाई हेटौडाका दर्शकले मन पराएका छन । उनिहरुले कर्णाली भेगको भेषभुसा र संस्कृतीलाई सिनेमा मार्फत हेर्न र बुझन पाएकोमा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

च्यारेटीका लागी सिनेमाको सहजीकरण र सहयोगी भूमिका कलाकार सुशान्त श्रेष्ठले गरेका थिए । श्रेष्ठले सिनेमा निर्माण पक्षले बिना पैसा सहयोग गरेकोमा धन्यबाद दिएका छन । ओम्याक्स सिनेमा हलमा प्रर्दशन भएको सिनेमाको च्यारेटीबाट हेटौंडामा आठ लाख रुपैयाँ संकलन हुने संयोजक न्यौपानेले बताएका छन् ।

शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’ले देशभरका मल्टिप्लेक्समा कम शोका बाबजुद पनि दर्शकको राम्रो साथ पाएको छ । सिनेमाका निर्माता तथा निर्देशकले आफ्नो सिनेमाले निकै कम शोज पाएको भन्दै प्रदर्शक र वितरकप्रति गुनासो पोखेका छन् ।

निर्माता तथा कलाकार बिष्टले कम शो पाएर आफूहरु पीडित भएपनि दर्शकको साथ पाएको बताएका छन् । नेपालगञ्जमा बुलाकीले क्यूएफएक्समा एक शो मात्र पाएको थियो, जुन शोमा दर्शकको शत प्रतिशत अकुपेन्सी रह्यो । सिनेमा हेर्न नेपालगञ्जको हलमा पुगेका सयभन्दा बढी दर्शक फर्किएको कलाकार तथा निर्माता विराज बिष्टले बताए ।

कमेन्ट गर्नुहोस्