‘हल्कारा’ टिजर सार्वजनिक

फिल्म। संयुक्त राज्य अमेरिकामा आयोजना हुने चलचित्र महोत्सव ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिवल’मा उत्कृष्ट घोषित भएर पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ। निर्माण पक्षले नयाँ पोस्टर र टिजर सार्वजनिक गर्दै नेपालको प्रदर्शन घोषणा गरेको हो। विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगरसँगै उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्कीको समेत अभिनय रहेको छ।

टिजरमार्फत वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ । चलचित्रलाई निर्देशक सापकोटासँगै कवि विप्लप प्रतीक र आकाश बरालले मिलेर लेख्नु भएको हो । यसमा चिन्तन राजभण्डारीको छायांकन रहेको छ भने निर्देशक सापकोटा स्वयम्ले सम्पादन गर्नुभएको छ। चलचित्रलाई वितरक करण श्रेष्ठले काठमाडौँमा जीजीए ग्रुप र डीसीएन तथा एफडीसँगको सहकार्यमा वितरण गर्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्