‘हात्तीछाप’मा दया अनुबन्धित

फिल्म । अभिनेता दयाहाङ राई र निर्माता किरण नेपालीबीच पुनः टिमअप भएको छ । यसअघि फिल्म ‘दुई नम्बरी’मा सहकार्य गरिसकेको यो टिमले नयाँ फिल्म‘हात्तीछाप’मा सहकार्य गर्ने भएको छ । अभिनेता राईले विहिबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै कथावस्तु र टिमको कारण फिल्ममा अभिनय गर्न लागेको जानकारी दिए । फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ भने यसलाई सिमोश सुनुवारले निर्देशन गर्दैछन् ।

निर्माण टिमले अर्को एक नायकका लागि सौगात मल्ल, विपिन कार्की र खगेन्द्र लामिछानेसँग कुरा अगाडि बढाएको छ भने अभिनेत्रीमा उपासना सिंह ठकुरीसँग कुराकानी भइरहेको विश्वस्त स्रोतको दाबी छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माण पक्ष छ ।

कमेन्ट गर्नुहोस्