मेलो डी आए नेपाल

सङ्गीत । नयाँ वर्षको कार्यक्रममा लाईभ सांगीतिक प्रस्तुतिका लागि बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आएका छन । उनी शुक्रबार अपरान्ह काठमाण्डौं आईपुगेका हुन् ।

भारतको मुम्बईबाट एअर इण्डिया हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई एलएण्डएन एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थ, राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझा र सिईओ डेभिल सिंह राजपूतले स्वागत गरे । शनिवार राती हुने लाईभ सांगीतिक प्रस्तुतीलाई लिएर आफू उत्साही रहेको बताउँदै र्‍यापर मेलो डीले नेपाल बसाईका क्रममा पशुपतिनाथ दर्शनसँगै काठमाडौं आसपास भ्रमण गर्ने बताए ।

एलएण्डएन एजेन्सीका प्रबन्ध निर्देशक कायस्थले दरबारमार्गस्थित क्लब नेक्ससमा हुने ‘मेलो डी लाईभ’मा दर्शकहरु मेलो डीलाई सुन्न आतुर रहेको बताए । समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट एउटा भव्य कार्यक्रम हुने कायस्थले दाबी गरे । विगतमा ६ सय भन्दा बढी कार्यक्रम गरिसकेको एजेन्सीले बलिउड संगीतकार, गायक र र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिङ्स र विनीत सिंहलाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ ।

मेलो डीका गीतहरु ‘ड्रंक एण्ड हाई’, फिल्म ‘फाइटरको ‘इश्क जैशा कुछ’, ‘भुल भुलैया २’को र्‍याप गीत ‘तेरे आंखे भूल भुलैया’, ‘हौले हौली’ र ‘नडियो पार’हिट छन् ।

कमेन्ट गर्नुहोस्