कमेन्ट गर्नुहोस्
विपिन र स्वस्तिमासंगै फिल्ममा ?

फिल्म । गत वर्षको नेशनल अवार्ड विनर विपिन कार्की र स्वस्तिमा खड्कालाई अब संगै देख्न पाइने सम्भावना बढेको छ । अभिनय राम्रो गर्ने यी दुइलाई ‘प्रसाद’ टीमको नयाँ फिल्ममा देख्न सकिनेछ । ‘प्रसाद’ को सफलतापछि लेखक सुशील पौडेल र निर्देशक दिनेश राउतकै टिमले नयाँ फिल्मको तयारी गरिरहेका छन् । बुझीए अनुसार विपिन टिमअप भईसकेका छन् भने स्वस्तिमा पनि फिल्म लेख्न राजि नै छन् । अभिनयमा अगाडी नाम आउने यी दुइलाई संगै हेर्ने दर्शकको पनि इच्छा छ । विपिनले ‘प्रसाद’बाट अवार्ड पाएका थिए भने स्वस्तिमाले ‘बुलबुल’बाट अवार्ड आफ्नो पोल्टामा पारेकी थिइन् । विपिनले पनि अन्तर्वार्ताको क्रममा स्वस्तिमासंग काम गर्न मन लागेको बताएका छन् ।