‘नभन मेरो भाग्य’ सार्वजनिक (भिडियो)

संगीत । बुधबार राजधानीमा मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत ‘नभन मेरो भाग्य’ को एक कार्यक्रममा बीच बिमोचन गरिएको छ । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मस्तिष्क पक्षघात समाजकी अध्यक्ष उर्मिला श्रेष्ठ, काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ ,अभिनेता सरोज खनाल लगायतले सम्प्युक्त रुपमा गीतलाइ विमोचन गर्नु भएको हो । ‘मस्तिष्क पक्षघातलाई अघिल्लो जन्मको पापसँग नदाज्नुस’ परराष्ट्रमन्त्रि ज्ञवालीले भने ‘सरकार सदैव सहयोग गर्न तयार छ र यसमा हामी सबै एकजुट हुनुपर्छ ।’

काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय निकायको अधिकारले भ्याएसम्म मस्तिष्क पक्षघात पीडित लाई सहयोग गर्ने बताए । गीतमा नरेशकुमार प्रधानको शब्द तथा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ । गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा अभिनेता सरोज खनाल ,सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने यसमा बुद्ध थापाले छायांकन रहेको छ । यसको सम्पादन बिकाश धमलाले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्