फिल्म । आउँदो पुष १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’को छायांकन तीन वर्षमा सकिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिबार यो मेडिकल-रोमान्स ड्रामाको छायांकन पूरा गरिएको हो । बाँकी दृश्यको लागि निकै मेहनत गरेर हिमाली क्षेत्रमा यसको छायांकन गरिएको हो । लाङटाङ क्षेत्रमा हेलिकोप्टरबाट उद्धार गरिएको दृश्य छायांकनसँगै ‘डिसेम्बर फल्स’ इन्ड-क्ल्याप भएको हो । बाँकी दृश्य खिच्न झन्डै दश लाखको हाराहारीमा खर्च भएको निर्माण पक्षले जनाएका छन् ।
आर्यन सिग्देल अभिनित फिल्ममा उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत,शिवहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्मको सार्वजनिक गीत ‘फकाउनै जानिन’ लाई दर्शकले दशलाख बढीपटक हेरिसकेका छन् ।
फिल्मलाई निर्देशक प्रवीण ओझाको निर्देशन गरेका छन् । फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा, महेश आर गुप्ताको छायांकन, बनिश शाहको सम्पादन,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । कार्यकारी निर्माता लक्ष्मणप्रसाद रिजाल रहेको फिल्ममा दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी , दिलासा क्रिएसनको मिडिया म्यानेजमेन्ट तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।










