फिल्म । टेक पौरखी राई निर्देशित फिल्म ‘मीलन’को प्रदर्शन मिति तोकिएको छ । निर्माण युनिटले फस्ट लुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन कार्तिक १८ लाई तय गरिएको हो । सार्वजनिक लुक्समा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर छन् । त्रिकोणात्मक प्रेम कथामा आधारीत यो फिल्मको कथा पनि निर्देशक राईले नै लेखेका हुन् ।
फिल्ममा सलोन बस्नेत ,शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।फिल्ममा कविराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् ।
फिल्ममा द्धन्द्ध निर्देशन कुमार महर्जन, ब्याकग्राउण्डस्कोर शैलेश श्रेष्ठ रहेका छन् । फिल्मको निर्मत्ता प्रविन थापा हुन् । यसमा राहुल राईको छायांकन , तारा थापा किम्भेको सम्पादन रहेको छ ।










