फिल्म । कुनै समय निकै रुचाइएको राजेश हमाल र नीरुता सिंहको जोडी पुनः दर्शक माँझ आएका छन् । ठुलो पर्दामा दर्शकको प्रिय बनेका जोडी यसपटक म्युजिक भिडियोमा साथ् आएका हुन् । ‘हजुर मुसुक्कै’ बोलको गीतमा दर्शकले पुनः राजेश र नीरुताको जोडीलाई देख्नेछन् । पन्ध्र मिनेट लामो म्युजिकल फिल्ममा सुरेश अधिकारीको संगीत एंव शव्द रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बि.कको स्वर रहेको छ ।
भिडियोमा राजेश हमाल र निरुता सिंहसँगै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत अन्य कलाकारहरुको अभिनय छ । राजेश हमाल र निरुता सिंहले १२ वर्षपछि एकसाथ काम गरेका हुन् । भिडियोमा जिवी आग्रीको कथा, पटकथा एवं निर्देशन छ । छायाँकन संजय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ । भिडियोलाई आइतबार माननीय गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो ।












