उषासँग कमलको ‘खुशीका पल’

संगीत । गायक जग्दिश समाल र गायिका रिता केसीको स्वरमा रहेको ‘खुशीका पल’ गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा मोडल उषा उप्रेतीसँग संचारकर्मी कमल साउदको रोमान्स देख्न सकिन्छ । पछिल्लो समय एकपछि अर्को भिडियोमा अभिनय गरिरहेका कमल सञ्चारकर्मी समेत हुन् ।

दिपक शर्माको शब्द रहेको उक्त गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् । निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा तयार गरिएको भिडियोमा साइब्रतराज आचार्यले सह निर्देशन गरेका छन् भने जया शर्माले भिडियोमा क्रिएटिभ पाटो हेरेकी छिन् ।भिडियोमा उत्सव दाहालको छायांकन ,बिजेश पौडेललेको सम्पादन , सम्पन्नता बिन्दुकारको कोरियोग्राफी, नन्दा अधिकारी र लक्ष्मी श्रेष्ठको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्