देश । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुनसक्ने मौसमविदहरुको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ । पूर्वतिर पनि पानी पर्ने र हिमपात हुने भएकाले आज र भोलि दुई दिन देशभर नै सतर्कता अपनाउनुपर्ने मौसमविद कँडेलले बताइन् । चक्रवातको प्रणाली र पश्चिमी वायुको प्रणाली आपसमा मिसिंदा आजको तुलनामा भोलि बढी वर्षा र हिमपात हुने मौसमविदहरुको पूर्वानुमान छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म आरोहण नगर्न आग्रहसहित यसअघि नै विशेष बुलेटिन जारी गरेको थियो ।
'TaukTae'सामुद्रिक आँधीको प्रभावले नेपालको बिशेष गरि पश्चिम भूभागमा हुने बर्षाको कारण सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी प्रदेशका पहाडी भूभाग भई बहने साना नदीमा वहाव वढ्ने,केहीमा सतर्कता तह पुग्न सक्ने,जेठ ७ गतेसम्म नदीतटिय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन अनुरोध छ। pic.twitter.com/mIkiU1eKyS
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) May 18, 2021










