संगीत । नेपाली फिल्म मार्फत जोडीको उपनाम पाएका आकाश श्रेष्ठ र पुजा शर्मासंग आंचल शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा य आकाश र पुजासंग आँचललाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् ।
सार्वजनि गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।
कमेन्ट गर्नुहोस्











