बियोन्सेसँग राजनको ‘ल्यासे पाउँ’ (भिडियो)

0 Shares

संगीत । केहि समय यता हिटगीत ‘फुल बुट्टे सारी’ गाएर चर्चामा आएकी बियोन्सेसँग सहकार्य गरेर राजनराज शिवाकोटीले नयाँ गीत ‘ल्यासे पाउँ’ ल्याएका छन् । युगान्डाकी ‘बियोन्से’ ले ‘ल्यासे पाउँ’ बोलको गीतमा राजनसँगै आवाज भरेकी छिन् । मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत दिएका छन् । कभर गीत मार्फत एकाएक चर्चामा आएपछि राजनले बियोन्सेसँग गीत नै तयार गरेका हुन् ।

गीतको सार्वजनिक भिडियोमा समेत गायकद्वय राजन र बियोन्सेनै फिचर्ड छन् । राजेश पुमा राई निर्देशित भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालले सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्