फिल्म । साउथ इण्डियन फिल्म स्टार थलपथी विजयको नयाँ फिल्म ‘मास्टर’ जनवरी १३ मा रिलिज हुदैछ । तामिल भाषामा बनेको यो फिल्म तेलुगु , कन्नड र हिन्दी भाषामा पनि रिलिज हुदैछ । विजयको क्रेज र फिल्मको सार्वजनिक भिडियो सामग्रीले पाएको अडियन्स रियाक्सनलाई मध्यनजर गर्दै फिल्मको ठुलो रिलिजको तयारी निर्माण पक्षले गरिरहेको छ । संक्रान्ति लक्षित रिलिजमा फिल्मको क्रेजलाई मध्यनजर गर्दै तामिलनाडु सरकारले शत प्रतिशत दर्शक राख्न पाउने अनुमति दिएको छ ।
प्रान्तको सरकारले फिल्म हलमा ५० प्रतिशत मात्र दर्शक राख्ने नियमलाई हटाउदै शत प्रतिशत राख्न पाउने अनुमति दिएको हो । यसबाट फिल्मको निर्माण पक्षलाई ठुलो फाईदा हुनेमा दुइमत छैन । यद्दपी यो तामिलनाडुमा मात्र हुनेछ अन्य प्रान्तमा भने ५० प्रतिशत दर्शक मात्र हुनेछन् । यस्तै फिल्मको १३ जनवरीको विहान १ बजे रिलिज हुने भएको छ ।
विजयको क्रेजलाइ मध्यनजर गर्दै निर्माण पक्षले विहानको १ बजे नै फिल्म रिलिज गर्ने तय गरेका छन् । तोकिएको केहि थियटर्समा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् । फिल्म हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । ‘मास्टर’फिल्ममा विजय सेतुपती र माल्भिका मोहनन् पनि लिड रोलमा छन् । (एजेन्सी)










