श्वेताको विवाह पक्का

फिल्म । अन्तत अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छिन् । केहि समय यता मिडियामा उनको विवाहलाई लिएर हुदै आएको चर्चालाई निराधार बताउने श्वेताले आउँदो सोमबार अर्थात् मङ्सिर २२ मा विवाह गर्ने खबर बाहिरिएको छ । विवाहको निम्तो बाड्न तयार गरिएको कार्ड सार्वजनिक भएपछी उनको विवाहको डेट सार्वजनिक भएको हो ।

उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । विवाह भन्दा अगाडी वा पछाडी श्वेताले प्रतिक्रिया दिने बताईएको छ । ‘कहाँ भेटिएला’बाट नेपाली फिल्मनगरीमा उदाएकी श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्