स्वतन्त्र र कृतिमाको ‘जनम जनम’ (भिडियो)

संगीत । पछिल्लो समय प्रवासमा रहेर पनि कला गतिविधिमा सक्रियता बढाउने धेरै छन् । यसमध्येकै एक हुन् , स्वतन्त्र प्रताप शाह । केहि नेपाली फिल्ममा समेत अभिनय गरेका शाहले म्युजिक भिडियो मार्फत अभिनय यात्रालाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । उनले अभिनय गरेको गीत हो ,’जनम जनम । गीतमा कमल खत्रीको स्वरसँगै संगीत रहेको छ भने यसलाई मोहन अधिकारीले रचना गरेका हुन् ।

गीतमा अभिनेता शाहको जोडी बनेकी छिन् कृतिमा श्रेष्ठ । अस्ट्रेलियाको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा दुइ प्रेमिल जोडीको भवनालाई व्यक्त गरिएको छ । गीतको भिडियोमा सुदीप विस्टको छायांकन , प्रविन श्रेष्ठको सम्पादन , देव नेपालीको कोरियोग्राफी रहेको छ भने यसलाई राजु कनले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्