फिल्म । बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन पछिल्लो समय पर्दाबाट केहि टाढा छिन् । अभिनेता अभिषेक बच्चनसँग विवाह गरेर छोरीको जन्मपछि कमब्याक गरेकी ऐश्वर्याले संख्यात्मक हिसाबमा निकै कम फिल्म गरिरहेकी छिन् । यसैक्रममा उनि निर्देशक मणिरत्नमको फिल्ममा देखिने सम्भावना बढेको छ । मणिरत्नम पछिल्लो समय लार्ज क्यानभास रहने फिल्म निर्माण गर्ने तयारीमा छन् । यसमा ऐश्वर्या रहने चर्चा बि-टाउनमा छ ।
भारतीय मिडियालाई आधार मान्ने हो भने ऐश्वर्याले फिल्म साइन गरिसकेकी छिन् । फिल्म ‘गुरु’मा संगै काम गरेकोले पनि मणिले ऐश्वर्या फिट हुने क्यारेक्टर देखेपछी उनलाई साइन गराएका चर्चा छ । ऐश्वर्यासँगै फिल्ममा उनका ससुरा तथा महानायक अमिताभ बच्चन पनि देखिनेछन् । यो फिल्ममा १० औ र ११ औ शताब्दीको कथालाइ देखाइनेछ ।
कल्की कृष्णमुर्तीको उपन्यास ‘पोन्नियिन सेलवन’ आधारित रहनेछ । यसको पाच भाग रहेका छन् , जसलाई निर्देशक मणिले तिन सिरिजमा तयार गर्नेछन् । फिल्ममा साउथ इन्डियाका चिनिएका अनुहारहरु विक्रम, विजय सेतुपति, सिम्बु , जयम रवि जस्ता कलाकार पनि रहने भारतीय मिडियामा उल्लेख छ । फिल्मको सम्पूर्ण छायाँकन एकै सेड्युलमा गरिनेछ तर यसलाई तिन भागमा रिलिज गरिनेछ । फिल्मको बजेट ५ सय करोडको हाराहारीमा हुने बताइन्छ । (एजेन्सी)










