यसकारण विवाह अगाडीसँगै बसेनन् रणवीर र दीपिका ?

फिल्म । विवाह बन्धनमा बाधिएसँगै रणवीर सिंह र दीपिका पादुकोणले ‘८३’ मा सँगै काम गरे । भारतले कपिल देवको कप्तानीमा सन् १९८३ मा विश्वकप क्रिकेटमा विजय हासिल गरेको थियो । यसैले गर्दा पनि फिल्म बलिउडमा प्रतिक्षित छ । साथै फिल्ममा रणवीर र दीपिकाको जोडी पनि छन् । पछिल्लो समय विवाह अगाडी एकअर्कालाई बुझ्नसँगै बस्ने चलन छ । अर्थात् लिभ इन रिलेशनशिपमा रहेर एकअर्कालाई बुझ्ने गरिन्छ ।

यसले एकअर्कालाई चिन्ने मौका पनि दिन्छ भन्ने बुझाइ अहिलेको पुस्ताको छ । तर यस विषयमा दीपिकाको भने फरक मत छ । उनले पछिल्लो समय एक अन्तर्वातामा भनिन् ‘हामीले विवाहपछी मात्र सँगै बस्ने निर्णय गरेका थियौ ।’ उनले विवाह अगाडीनै सँगै बस्दा पछाडीको जीवनमा केहि नयाँ अनुभूति नहुने भएकोले यस्तो गरिएको समेत बताइन । ‘हामीले पछी के नयाँ पाउथियौ र ? त्यसैले हामीले यस्तो निर्णय गरेका हौ ।’ उनले विवाह बन्धनमा पूर्ण विश्वास भएकोले यसकै परम्परा अनुसार चलेको समेत बताइन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्