साउथमा सनीको विरोध

जयहोस् । पोर्नस्टार हुदै बलिउड स्टार बनिसकेकी सनी लियोनि पछिल्लो समय साउथ फिल्ममा व्यस्त छिन । उनले साउथको एक वारियर कथा ‘वीरमादेवी’ मा काम गरिरहेकी छिन । उनलाई फिल्ममा लिड रोल दिइएको छ । तर सनीले लिड भूमिका निर्वाह गरेको पोस्टर आउट हुनासाथ् साउथमा उनको विरोध सुरु भएको छ । वीरमादेवी साउथकी रानी थिइन् , जसको केहि मन्दिर पनि छ । यस्तो व्यक्तिको भूमिकामा पोर्नस्टारलाई देखाइने भएकोले विरोध गरिएको केहि संगठनले बताएको भारतीय मिडियामा उल्लेख छ । कन्नड वेदिके युवा सेनाले नोभेम्बर ३ मा हुने सनी कन्सर्ट नगर्न समेत चेतवानी दिएको छ । कन्सर्ट गरेमा जे पनि हुन् सक्ने धम्कि सेनाले दिएका छन् ।
कमेन्ट गर्नुहोस्