प्रदेश नं २ : थप ४४ जनामा संक्रमण

देश । वुधबार अबेरसम्म प्रदेश नम्वर २ मा ४१ जना पुरुष र ३ महिलागरी कुल ४४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १ जना, धनुषा जिल्लामा १ जना, महोत्तरी जिल्लामा ९ जना, सर्लाही जिल्लामा १५ जना, रौतहट जिल्लामा ११ जना र पर्सा जिल्लामा ७ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो । यो संगै प्रदेशमा कोरोना संक्रमितिहरुको संख्या ८५९ पुगेको छ भने उपचार पछि १०५ जना निको भई सकेका छन ।

सप्तरी जिल्लामा ४० बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । धनुषा जनकपुर उपमहानगरपालिकामा गरिएको स्वाव परिक्षण अनुसार ३८ बर्षका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकामा नै बसोबासर गर्दै आएको बुझिएको छ । महोत्तरी जिल्लाको मटियानी नगरपालिका वडा नम्वर पाँच स्थित श्री लक्ष्मी नारायण याज्ञवलक्य सँस्कृत क्याम्पसको क्वारेन्टाईनमा रहेकी ४० बर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । निज महिला छिमेकी मुलुक भारतको मुम्बैबाट आएर क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ । त्यसैगरी सोही क्वारेन्टाईनमा रहेका १५ बर्षिय किशोर सहित १८ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु पनि छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ ।

सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७ बर्षिय किशोरलाई कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै धनकोल गाउँपालिका स्थित प्राचमिक विद्यालय बैरियाको क्वारेन्टाईनमा रहेका १६ बर्षिय किशोर सहित १८ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनकौल गाउँपालिका कै धोबिनिया निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी ११ बर्षिय वालिकामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै धनकौल गाउँपालिकामा नै रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्ला स्थित आज कोरोना संक्रमित भएका १ महिला र १४ पुरुषहरु छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।

रौतहट जिल्लाको इशनाथ नगरपालिकामा रहेको स्थानीय क्वारेन्टाईनमा रहेकी २२ बर्षिय पुरुष र सोही जिल्लाको परोहा नगरपालिको स्थानीय क्वारेन्टाईनमा रहेका २२ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । रौतहट जिल्लाकै कठहरिया नगरपालिका वडा नम्वर ५ स्थित श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ५० बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका इशनाथ, परोहा र कठहरिया नगरपालिकामा संक्रमण पुष्टि भएका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ ।

पर्सा जिल्लाको बिन्ध्यबासिनी गाउँपालिका वडा नम्वर ३ स्थित रामप्रित माध्यमिक विद्यालय झौंवाको क्वारेन्टाईनमा रहेका ३४ बर्षिय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको छ । पर्सा जिल्लाकै कालिकामाई गाउँपालिका वडा नम्वर ३ हरिहरपुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १७ र ४९ बर्षिय पुरुष सहित ४० देखि ७० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी पर्सा जिल्लाकै सखुवा पर्साैनी गाउँपालिका वडा नम्वर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २५ र ४९ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सा जिल्लामा आज संक्रमित प्रमाणित भएका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ ।

हामीले २०७७ साल जेठ १७ गतेको मिडया ब्रिफिङको क्रममा जनकपुरमा रियल टाईम पि.सि.आर.मेसिन जडान गरिसकिएको र तत्काल उक्त मेसिन भ्यालिडेसन अर्थात गुणस्तर र क्षमता परिक्षणको क्रममा रहेको जानकारी गराएका थियौं । उक्त मिडया ब्रिफिङै क्रममा जनकपुरमा जडान गरिएको मेसिनले एक दुईदीनबाटै परिक्षण कार्य सुरु गर्ने जानकारी गराएका थियौं । जस अनुरुप २०७७ साल जेठ १९ गतेबाट जनकपुर प्रादेशिक प्रयोगशालाको रियल टाईम पि.सि.आर.मेसिनले स्वावको परिक्षण गर्ने कार्य सुरु गरिसकेको छ । जेठ १९ र २० गते दुई दिनमा उक्त मेसिनमार्फत २ सय ४२ वटा स्वावहरु परिक्षण भइसकेको जानकारी गराउन चाहान्छौं । जनकपुर प्रयोगशालामा परिक्षण गरिएका मध्ये ९ वटा स्वावहरुको परिणाम पोजेटिभ आएको छ ।

त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा १ जना पुरुष संक्रमितको उपचार भइरहेको छ । सप्तरी जिल्ला राजविराज स्थित साईकृष्ण अस्पतालको आइसोलेसन कक्षमा २ महिला र ५३ जना पुरुषगरी कुल ५५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

सिराहा जिल्लाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड १९ विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा रहेको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा ५ जना महिला र ६० जना पुरुषगरी कुल ६५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलेसन कक्षमा २ जना महिला र ३५ जना पुरुषगरी कुल ३७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा ४३ जना पुरुष र २ जना महिलागरी कुल ४५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ८ जना पुरुषगरी कुल ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ८ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा ३ जना महिला र ६१ जना पुरुषगरी कुल ६४ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहट जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी कुल ५० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३० जना पुरुष र २ जना महिलागरी कुल ३२ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसैगरी सिराहा अस्पताल सिराहामा ४ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा २ जना, महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना र पर्सा जिल्लाको पोखरिया अस्पतालमा १ जना गरी कुल १५ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्