‘वर्ल्ड फेमस लभर’ बलिउडमा पनि बन्दै ?

फिल्म । अभिनेता विजय देवरकोण्डा पछिल्लो समय चर्चामा छन् । उनि अभिनित फिल्म ‘अर्जुन रेड्डी’ ले पाएको सफलताले उनलाई स्टार बनायो । यति मात्र होइन , उनले अभिनय गरेको फिल्म ‘गीता गोविन्दम’ ले पनि उस्तै सफलता पायो । पछिल्लो समय ‘डियर कामरेड’ मार्फत चर्चा बटुलेका विजय पछिल्लो समय पुरी जगन्नाथको फिल्ममा व्यस्त थिए । यिनै विजय अभिनित पछिल्लो फिल्म हो ,’वर्ल्ड फेमस लभर’ । यो फिल्मलाई हालै बलिउडका हिट मेकर करण जोहरले हेरेका छन् । उनले फिल्म हेरेपछि रीमेक गर्ने सोच बनाएका छन् ।

‘वर्ल्ड फेमस लभर’ को स्क्रीनप्लेमा केहि बदलाव ल्याउँदै फिल्म बनाउने पक्षमा करण पुगेको भारतीय मिडियामा उल्लेख छ । यद्दपी करणले औपचारीक रुपमा यसको घोषणा गरेका छैनन् । किनकी करणले यस अगाडी नै विजयकै फिल्म ‘डियर कमरेड’ को रिमेक बनाउने घोषणा गरेका थिए । तर , त्यसको केहि सुरसार अझै भएको छैन । विजय पछिल्लो समय लभ स्टोरीमा आधारित फिल्म मार्फत चर्चामा आएका अभिनेता हुन् ।

कमेन्ट गर्नुहोस्