उदीपसँग आँचलले कसिन् लगनगाँठो

तस्बिर : वेडिङ ड्रिम्स नेपाल
फिल्म । अभिनेत्री आँचल शर्माले प्रेमी उदीप श्रेष्ठसँग लगनगाँठो कसेकी छिन् । आफ्नो एक वर्षे प्रेमलाई यी दुइले विवाहको रुप दिएका हुन् । आँचल र उदिपको आज काठमाण्डौ स्थित एक पाँच तारे होटलमा विवाह भएको हो । आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् । यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित फिल्मकर्मीलाई मात्र निमन्त्रणा गरिएको थियो । आँचल र उदिपले चैत्र १ गते भने काठमाण्डौको एक पाँच तारे होटलमा बिहे भोजको आयोजना गर्दैछन् । यसरी भएको थियो उदीपसंग आँचलको भेट आँचल र पोषणविद समेत रहेका उदिपको पनि पहिलो भेटघाट फेसबुकले नै गराएको हो । यहीँ उनीहरूको देखादेख भयो, चिनजान भयो, अनि उनीहरू प्रेममा परे । दुवैको प्रेमलाई परिवारले पनि हरियो झण्डा देखाइदिएपछि उनीहरूले प्रेमलाई विवाहको रुप दिएका हुन् । आँचल र उदीपलाई भेट गराउने श्रेय जान्छ उनको मामाको छोरीलाई । आँचलले आफु ज्यान घटाउनको लागि गरिने डाइट प्लानको समयमा भएको बताइन । उनले बहिनिकै मार्फत उदीपले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएपछि आफुले कुराकानी गर्न थाल्दै जाँदा चिनजान बढेको बताइन । उदीपको स्वभावबाट इम्प्रेस भएकी आँचललाई विस्तारै मायामा परेको आभाष भयो । आँचल उदिपको केयर गर्ने बानीको कायल छिन् । उनी स–साना कुरा पनि ख्याल गर्छन् । उता उदिप आँचललाई असल र पर्फेक्ट केटी मान्छन् । उदीप र आँचल चिनजान सामाजिक सञ्जाल मार्फत प्रारम्भ भएपनि भेट भने काठमाडौँमा भएको थियो । उदीप अमेरिकाबाट फर्किएपछि आँचलसंग बाक्लै कुरा गर्न थाले । आँचलले पनि उदीपमा सरलता पाइन् । यी दुइको पहिलो भेट उदीपकै कारमा १५ मिनेटको लागि भएको थियो । उदीपले भेट्ने प्रस्ताव राखेपछि आँचलले उनकै कारमा भेट्ने शर्त राखिन् । आँचलले कयौँ पटक बहाना बनाएपछि भेट्न राजी भएकी थिइन् । उदिपको सुर थियो– भेटेपछि कुनै रेस्टुरेन्टमा जाउँला र बसुँला। तर, भेट भएपछि पनि आँचल आफ्नो कुरामा पक्का निस्किइन् । गैरीधाराको रेड मड क्याफेबाट गाडी चढेकी आँचललाई लिएर उदिपले एक फन्को लगाए र त्यहीँ छाडिदिए। त्यो समयमा पनि आँचलले उदिपलाई एकचोटि पनि नजर जुधाएर हेरिनन् । यो सन् २०१८ अक्टोबर ३१ को दिन थियो । तर, यही छोटो भेटले अनिगिन्ती भेटका लागि बाटो खोल्यो । भोलिपल्ट भेटेर तीनचार घण्टा सँगै बिताएका उनीहरूले त्यसयता भने काठमाडौँ र छेउछाउमा रहँदा एकअर्कालाई नभेटेको दिन छैन । कतिसम्म भने आँचल सुटिङका लागि धादिङ, भकुण्डेबेसीमा रहँदा पनि आधा घण्टाकै लागि सही, उदिप उनलाई भेट्न जान्थे । काठमाडौँमा रहँदा त उनीहरू दिनको एक चोटि भेट्ने रुटिन नै छ ।
कमेन्ट गर्नुहोस्