‘छक्का पञ्जा २’ ले तय गर्ने बाटो

56 Shares

फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘छक्का पञ्जा २’ रि-रिलिज हुदैछ । यो फिल्म युट्युबमा आइसकेको छैन , त्यसैले निर्माण पक्षले यसको तेस्रो सिरिज प्रदर्शन भइसकेपछि यसलाई प्रदर्शन गर्दैछ । फिल्मको आम्दानीको केहि प्रतिशत सामाजिक सेवामा पनि जानेछ । फिल्मले निकै राम्रो ब्यापार गरेर विभिन्न रेकर्ड बनाइसकेको छ । पछिल्लो समय केहि फिल्म बाहेक अधिकांस फिल्मले निर्मातालाई राहत दिन सकेको छैन । त्यसैले गर्दा पनि रि-रिलिजको क्रममा रहेको फिल्मले कस्तो ब्यापार गर्ला ? यस प्रतिको कौतुहलता धेरैलाई छ । त्यसो त पछिल्लो समय फिल्मले राम्रो ब्यापार नगर्नुलाई युट्युबसँग पनि जोडिएको छ ।

किनकी फिल्म हलमा प्रदर्शन भएको केहि समयमै युट्युबमा आउने गर्छ , जसले गर्दा दर्शकको पर्खाइ युट्युब रिलिजमा हुने गर्छ । जसलाई विभिन्न कन्टेनमा आउने कमेन्टले पनि प्रस्ट्याउ छ । त्यसैले पनि युट्युब रिलिज नभएको यो फिल्मले गर्ने ब्यापारले अन्य निर्मातालाई डिजिटल रिलिजको बारेमा सोच्न बाध्य बनाउछ । किनकी हामी कहाँ हलबाट उत्रिएको एक वर्ष नपुग्दै फ्री मै फिल्म हेर्न पाइन्छ । व्यापारबाट निर्मातालाई आउने शेयर संचारकर्मी रवि लामिछानेले बनाइरहेको कालिकोटको एक अस्पताललाई हस्तान्तरण गर्ने निर्माता दिपकराज गिरीले बताउँदै आएका छन् । दीपाश्री निरौलाको निर्देशनमा तयार फिल्ममा दीपक राज गिरीसँगै जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतको अभिनय रहेको थियो ।

Facebook Comments