निखिलको ‘आयो भैरव’ मा राजेश ?

फिल्म । पछिल्लो समय अभिनेता निखिल उप्रेती आफ्नो फिल्म ‘आयो भैरव’ लाई लिएर निकै तयारीमा छन् । उनले फिल्मलाई सफल बनाउन कुनै कसर नराख्ने सोच अनुरुप नै फिल्मको काममा ध्यान दिईरहेका छन् । कथामा काम गरिरहेका निखिलले फिल्मकै शिलशिलामा राजेश हमालसंग भेटघाट गरेका छन् । दशक अगाडी केहि फिल्ममा संगै देखा परेता पनि पछिल्लो समय राजेश र निखिललाई दर्शकले एक साथ् देखेका छैनन् । पछिल्लो समय टिभी र एडमै व्यस्त रहेका हमाललाई निखिलले फिल्म खेल्न प्रस्ताव गरेका छन् ।

बुझीए अनुसार राजेशलाई सुहाउँदो रोल निस्किएपछि निखिलले नजिकका केहिसंग छलफल गर्दै फिल्मको प्रस्ताव गरेका हुन् । मंगलवार एक क्याफेमा राजेश निखिलले वार्ता गरेका हुन् । ‘राजेश दाईले फिल्म प्रति पोजेटिभ भएपनि स्क्रिप्ट अध्यनपछि मात्र आफ्नो निर्णय दिने भन्नु भएको छ’ फिल्मसंग जोडिएका एक सदस्यले भने । फिल्ममा निखिलले राजेशकै स्टारडम अनुसारको रोल निकालेका छन् ।

फिल्ममा उपत्यकामा हुने गरेको क्राइमको कथा हुने बुझिएको छ । केहि समय यता निखिल संख्या भन्दा पनि गुणात्मक फिल्ममा काम गर्ने सोचमा छन् । यसै अनुरुप उनले आफ्नो फिल्मको कथालाई स्क्रिप्टको रुप दिन निकै मेहनत गरेका छन् । फिल्ममा संचिता लुइँटेल पनि हुने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्