दीपिकाले गरिन् कंगनाको तारिफ

फिल्म । बलिउडमा अभिनेत्री कंगना रनौत ‘पंगा’ लिने अभिनेत्रीमा पर्छिन् । उनको अभिनयको चर्चा जति हुन्छ , विवादको पनि त्यतिकै नै । क्विन , तन्नु वेड्स मन्नु जस्ता फिल्ममा काम गरेर आफ्नै दममा फिल्मलाई बक्स अफिसमा हिट बनाएकी उनि केहि समय यता भने त्यो सफलताबाट टाढा छिन् । यद्दपी उनको नयाँ फिल्म ‘पंगा’ को ट्रेलरले भने चर्चा बटुलिरहेको छ । केहि समय यता अभिनयको ट्रयाक समेत छोडेको आरोप खेपिरहेकी कंगनालाई ट्रेलरले नै चर्चामा ल्याएको छ ।

अश्विनी आय्यर तिवारीद्वारा निर्देशित ‘पंगा’ फिल्ममा अभिनेत्री कंगना मध्यम वर्गीय आमाको भूमिकामा देखिनेछिन्, जो पूर्व कबड्डीकी खेलाडी थिइन् । विवाहपछिको जिम्मेवारीका कारण खेलबाट बाहिर रहेकी पूर्व कबड्डीकी खेलाडीको पुनः खेलमा फर्किर्न गरेको संघर्षमा फिल्म आधारित रहेको छ । यसमा कंगना सहित जेसी गिल, ऋचा चड्डा र निना गुप्तालगायत कलाकारले अभिनय गरेका छन् ।

ट्रेलर दर्शकलाई मात्र होइन , बलिउड अभिनेत्री दीपिका पादुकोणलाइ पनि उत्तिकै मन परेको छ । उनले कंगना अभिनयको तारिफ गरेकी छन् । ‘पंगा’ फिल्मको ट्रेलर हेरेलगत्तै अभिनेत्री पादुकोणले उनको अभिनयको तारिफ गरेकी हुन्। साथै उनले फुर्सदको समयमा अन्य फिल्मको ट्रेलर हेर्ने गरेको बताईन ।

‘ट्रेलर हेर्दा उनको दमदार अभिनयले राम्रो फिल्म बनेझैं देखिन्छ ,’ अभिनेत्री पादुकोणले भनिन् । आगामी जनवरी १० देखि रिलिज हुने ‘छपाक’ को प्रवर्धनको निम्ति आयोजित कार्यक्रममा सहभागी उनले कंगनाको तारिफ गरेकी थिइन् । एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित ‘छपाक’ फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्